काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुपर बाउल च्याम्पियन फिलाडेल्फिया ईगल्सलाई हृवाइट हाउसमा स्वागत गरेका छन् ।
फेब्रुअरीमा, ईगल्सले न्यू ओरलिन्समा आयोजित सुपर बाउल ५९ मा कन्सास सिटी चिफ्सलाई ४०-२२ ले पराजित गर्दै च्याम्पियन बनेको थियो । यस हारसँगै कन्सास सिटीको लगातार तेस्रो पटक उपाधि जित्ने सपना पुरा हुन सकेको थिएन भने फिलाडेल्फियाले दोस्रो सुपर बाउल उपाधि जितेको थियो ।
ईगल्सले सन् २०१८ मा आफ्नो पहिलो सुपर बाउल जित्दा समेत हृवाइट हाउस भ्रमणको योजना बनाएको थियो । तर, खेलाडीहरूको न्यून सहभागिताका कारण ट्रम्पले त्यो भ्रमण रद्द गरेका थिए ।