सदूरपश्चिमका मुख्यमन्त्री शाह नेतृत्वको टोली औपचारिक भ्रमणका लागि भारतमा

वैशाख १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
सदूरपश्चिमका मुख्यमन्त्री शाह नेतृत्वको टोली औपचारिक भ्रमणका लागि भारतमा

काठमाडौं । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको १० सदस्यीय टोली औपचारिक भ्रमणका लागि भारत पुगेको छ ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले आफ्नो भ्रमणका क्रममा भारत सरकारसँग कुनै सम्झौता नहुने तर, नेपालका तर्फबाट उठान गर्नुपर्ने विषयमा छलफल गरिने जानकारी दिनुभयो । उहाँले कृषि, पर्यटन,पूर्वाधार तथा श्रमसम्बन्धी वार्ता हुने बताउनु भयो ।

टोलीले ६ दिने भ्रमणमा क्रममा वैशाख १८ गते भारतीय विदेश राज्यमन्त्रीसँग दुईपक्षीय भेटवार्ता गर्नेछ । यस्तै, १९ गते उत्तराखण्डका मुख्यमन्त्री र २२ गते उत्तर प्रदेशका मुख्यमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.