साउदी प्रो लिग : अल इत्तिहादमाथि अल फतेहकाे जित

हारका बाबजुद इत्तिहाद तालिकाको शीर्ष स्थानमा
वैशाख ५, २०८२ |खेल ब्युरो
साउदी प्रो लिग : अल इत्तिहादमाथि अल फतेहकाे जित

काठमाडौं । साउदी प्रो लिगमा अल फतेहले शीर्ष स्थानको अल इत्तिहादलाई २-० गोलले स्तब्ध पारेको छ । प्रिन्स अब्दुल्लाह बिन जलावी स्टेडियममा गएराति भएको खेलमा घरेलु टिमले दशौं मिनेटमा अग्रता लिएको थियो । 

उसका लागि आमिन सबाइले गोल गरेका हुन् । पहिलो हाफको अन्त्यमा इत्तिहादले पेनाल्टीमार्फत् खेल बराबरी गर्ने अवसर पाएको थियो । तर फाबिन्होको प्रहार गोलकिपरले बचाए । ६०औं मिनेटमा करिम बेन्जिमाले गोल गरे । 

तर उनको गोलपनि अफसाइड भएपछि इत्तिहाद निराश बनेको थियो । ६९औं मिनेटमा मातियास भर्गासको गोलसँगै फेतहले जित हात पारेको हो । हारका बाबजुद इत्तिहाद २८ खेलबाट ६५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कायमै छ । 

दोस्रो स्थानमा रहेको अल हिलालको ६१ अंक छ । १३औं स्थानमा रहेको फतेहको २९ अंक छ ।