काठमाडौं । हेरी मग्वावेरले अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गरेपछि म्यानचेस्टर युनाइटेड दश खेलाडीमा समेटिएको लियोनमाथि रोमाञ्चक जित हात पार्दै युरोपा लिगको सेमीफाइनल प्रवेश गरेको छ ।
इंग्लिस प्रिमियर लिग क्लब युनाइटेडले फ्रेन्च साइड लियोलाई समग्रमा ७ -६ गोल अन्तरले पराजित गरेको हो । ओल्ड ट्राफोर्डमा गएराति भएको दोस्रो लेगमा युनाइटेडले ५-४ गोलको रोमाञ्चक जित हात पार्यो ।
४-२ गोलले पछि परेको स्थितिबाट युनाइटेडले शानदार पुनरागमन गरेको हो । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । दशौं मिनेटमा म्यानुएल उगार्टेले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
इन्जुरी समयमा डिएगो ड्यालोटले गोल गरेपछि पहिलो हाफमा युनाइटडे २-०ले अघि रह्यो । ब्रेकपछि लियो खेलमा फर्कियो । ७१औं मिनेटमा टेलिसोले युनाइटेड संगको गोल दुरी कम गरे ।
७७औं मिनेटमा निकलसले गोल गर्दै खेल बराबरी गरे । ८९औं मिनेटमा टेलिसो दोहोरो कार्ड पाउँदै मैदान बाहिरिएपछि लियो दश खेलाडीमा झरेको थियो । त्यसपछि गोल भएन र खेल अतिरिक्त समयमा पुग्यो ।
एक सय चार मिनेटमा लियोका रायन सेकी र एक सय नवौं मिनेटमा अलेजान्द्र लाकाजेटलदे पेनाल्टीमा गोल गरेपछि युनाइटेड प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको थियो । तर एक सय १४औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडको संभावना जीवितै राखे ।
एक सय २० मिनेटमा कोबी मेनोले गोल गरे । इन्जुरी समयमा मग्वावेरले गोल गर्दै युनाइटेडलाई सनसनीपूर्ण जीत दिलाएका हुन् । युरोपा लिगको इतिहासमा नौ गोल भएको यो पहिलो पटक हो । क्वाटरफाइनलको पहिलो लेग २-२ गोलको बराबरीमा सकिएको थियो ।