नोबेल ब्रान्डका इलेक्ट्रोनिक्सको नेपालमा औपचारिक बिक्री सुरु

वैशाख २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
नोबेल ब्रान्डका इलेक्ट्रोनिक्सको नेपालमा औपचारिक बिक्री सुरु

काठमाडौं । नोबल इलेक्ट्रोनिक्स नेपाल प्रालि र एनबीएससी प्रालिले नेपालमा नोबल ब्रान्डको औपचारिक सुरुवात गरेको छ ।

नोबल एलेक्ट्रोनिक्सले ३५ वर्षभन्दा लामो समयदेखि मेजर एन्ड स्मल डोमेस्टिक एप्लायन्स, कन्जुमर इलेक्ट्रोनिक्स एप्लायन्स र बिल्ट-इन एप्लायन्सहरुको उत्पादन गर्दै आएको छ । यो ब्रान्डका उत्पादन २६ भन्दा बढी देशमा बिक्री हुन्छ । 

‘परिवारलाई एकसाथ ल्याउने’ भन्ने नाराका साथ नोबेल ब्रान्डले युरोप, चीन, भारत टर्कीलगायतका देशका कारखानाबाट सामग्री संकलन गर्छ । 

नोबेल इलेक्ट्रानिक्स नेपाल प्रालिकी महाप्रबन्धक सञ्जिता कार्कीले नेपालीलाई उच्च गुणस्तरका होम एप्लाइन्सेसमार्फत जीवनलाई सहज बनाउन आफूहरुले सहयोग गर्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.