आईपीएल २०२५ : मुम्बईद्वारा हैदराबाद पराजित

वैशाख ५, २०८२ |खेल ब्युरो
आईपीएल २०२५ : मुम्बईद्वारा हैदराबाद पराजित

काठमाडौं । विल ज्याकले अल राउन्ड प्रदर्शन गरेपछि मुम्बई इन्डियन्सले आईपीएलमा सनराइजर्स हैदराबादलाई ४ विकेटले पराजित गरेको छ । जारी सिजन मुम्बइको सात खेलमा यो तेस्रो जित हो ।

वानखेडे स्टेडियममा टस जितेर घरेलु टिम मुम्बईले पहिले बलिङ गर्ने निर्णय लिएको थियो । हैदराबादले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । अभिषेक शर्मा र ट्राभिस हेडले ५९ रनको ओपनिङ साझेदारी गरेका थिए । 

आठौं ओभरमा हार्दिक पान्डेयाले अभिषेकलाई ४० रनमा आउट गर्दै साझेदारी तोडे । पुर्व टिम विरुद्ध ईशान किसन चल्न सकेनन् । उनी मात्र दुई रनमा ज्याकको बलमा स्टम्पिङ हुँदै पभेलियन फर्किए । 

२९ वलमा २८ रन जोडेका हेडलाई पनि ज्याकले नै मैदान बाहिर पठाए । नितिस कुमार रेड्डीले १९ रन बनाए । हेनरिच क्लासेनले ३७ रन जोड्दा अनिकेत बर्मा १८ रनमा अविजीत रहे । 

ज्याकले तीन ओभरमा १४ रन खर्चिएर २ विकेट लिए । ट्रेन्ट बोल्ट, जस्प्रित बुमराह र पान्ड्याले एक एक विकेट लिए । जवाफमा मुम्बईले १८ ओभर एक बलमा ६ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । 

रोहित शर्माले २६ र रायन रिकल्टनले ३१ रन जोडे । सुर्यकुमार यादव २६ रनमा आउट भएका थिए । ज्याकले २६ बलमा ३६ रनको योगदान गरे । हार्दिकले २१ रन थप्दा तिलक बर्मा २१ रनमा अविजीत रहे । 

प्याक कमिन्सले तीन, इसान मालिङगाले दुई र हर्ष पटेलले एक विकेट हात पारे । यो हारपछि र्हैदराबादबको प्ले अफ यात्रा कठिन बनेको छ । 

सात खेलमा हैदराबादको यो पाँचौ हार हो । तालिकाको तालिकाको नवौं स्थानमा रहेको उसको मात्र चार अंक छ । मुम्बई ६ अंकसहित सातौ स्थानमा छ । आईपीएलमा आज आरसिबी र पञ्जाव बीच खेल हुनेछ ।