युएफा च्याम्यिन्स लिगअन्तर्गत क्वाटर फाइनलको दोस्रो लेगका अन्तिम दुई खेल आज हुँदै

वैशाख ३, २०८२ |खेल ब्युरो
युएफा च्याम्यिन्स लिगअन्तर्गत क्वाटर फाइनलको दोस्रो लेगका अन्तिम दुई खेल आज हुँदै

काठमाडौं । युएफा च्याम्यिन्स लिग अन्तर्गत क्वाटर फाइनलको दोस्रो लेगका अन्तिम दुई खेल आज हुँदैछन् । स्पेनिस टोली रियाल म्याडि्रडले आज घरेलु मैदानमा इंग्लिस क्लब आर्सनललाई स्वागत गर्दै छ ।

सान्टियागो बर्नाबेउमा खेल नेपाली समय अनुसार राती पौने १ बजे सुरू हुने छ । पहिलो लेगमा एमिरेट्स स्टेडियममा आर्सेनलसाग ३-० ले पराजित भएपछि साविक विजेता कार्लो एन्चेलोटीको टोली रियालका लागी सान्टियागो बर्नाबेउमा ऐतिहासिक पुनरागमनको आवश्यकता छ । 

१५ पटकको च्याम्यिन रियाललाई सेमिफाइनलमा प्रवेश गर्न कम्तिमा चार गोल गर्दै १ गोलको अग्रता बनाउनु पर्नेछ । पहिलो लेगमा डेक्लान राइसले फ्रि-किकमार्फत् दुई शानदार गोल गरेपछि रियालका लागी समस्या बढेको हो । 

रियालको इतिहास हेर्दा च्याम्पियन्स लिगमा पहिलो लेगमा तीन गोलले पछि परेको अवस्थामा उनीहरू प्रायः बाहिरिएका छन् । तर १९७५-७६ मा डर्बी काउन्टीविरुद्ध ४-१ ले पराजित भएको अवस्थाबाट पुनरागमन गर्दै ५-१ को जित सहित रियालले अघिल्लो चरणमा स्थान बनाएको थियो । रियालले घरेलु मैदानमा आर्सेनललाई कम्तीमा चार गोलले हराएको रेकर्ड छैन । पछिल्ला १० युरोपेली खेलहरूमा रियालले बर्नाबेउमा सधैं गोल खाएको छ ।

रियालका क्यामाभिङ्गा प्रतिबन्धित छन् भने म्बाप्पे खेल्न पाउनेछन् । चोटग्रस्त खेलाडीहरूमा मिलिताओ, कार्भाजाल, र मेन्डी पनि छन् । अर्कोतर्फ, आर्सेनलले जोर्जिन्होलाई गुमाएको छ, तर पार्टी र बेन हृवाइट फिट छन् । टिम्बर, साका, ओडेगार्ड, र मेरिनो जस्ता खेलाडीहरू टिममा र्फकनेछन् । यस खेलको विजेताले फाइनल प्रवेशका लागी पिएसजीको सामना गर्नेछ ।

यसै समय खेलिने अर्को खेलमा इन्टर मिलानले बायर्न म्युनिखलाई स्वागत गर्ने छ । पहिलो लेगमा बायर्न म्युनिखलाई २-१ ले हराएको इन्टर मिलान राम्रो स्थितिमा छ । डेभिड फ्राटेसीले अन्तिम समयमा विजयी गोल गर्दै इन्टरलाई सान सिरोमा फाइदा दिलाएका थिए । 

इन्टरले आफ्ना पछिल्ला ५ च्याम्पियन्स लिग खेल जितेको छ र सान सिरोमा पछिल्ला १४ खेलमा अपराजित छ । यस खेलबाट अघि बढ्ने टोलीले सेमिफाइनलमा बार्सिलोनाको सामना गर्ने छ ।