आईपीएल : अभिषेककाे आक्रमक शतकमा हैदराबादको दोस्रो जित

चैत्र ३१, २०८१ |खेल ब्युरो
आईपीएल : अभिषेककाे आक्रमक शतकमा हैदराबादको दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएलमा सनराइजर्स हैदराबादले दोस्रो जित हात पारेको छ । गएराति सम्पन्न खेलमा हैदराबादले पञ्जाब किंग्सलाई ८ विकेटले हराएको हो ।

हैदराबादको जितमा अभिषेक शर्माले आक्रमक शतकीय इनिङ्स खेले । २ सय ४६ रनको लक्ष्य पछ्याएको हैदराबादले आईपीएल इतिहासमै सर्वाधिक दोस्रो ठुलो लक्ष्य सफलतापूर्वक चेज गर्यो । 

राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४५ रनको विशाल योगफल लयार पारेको थियो । प्रियान्स आर्याले ३६ र प्राभिसिमरन सिंहले ४२ रनको योगदान दिएका थिए । नेहाल वादेराले २७ रन बनाए । कप्तान श्रेयस अइएरले ३६ बलमा ६ चौका र ६ छक्का सहित सर्वाधिक ८२ रन बनाए । 

मार्कस स्टोनिस ३४ रनमा अविजित रहे । हैदराबादका लागी हर्ष पटेलले ४ ओभर बलिङ गर्दै ४२ रन खर्चेर ४ विजेट लिए । इशान मालिङ्गाले २ विकेट हात पारे । विना कुनै विकेट लिइ ७४ रन खर्च गरेका महोमद सामी रन खर्च गर्ने मामिलामा आईपीएल इतिहासकै दोस्रो महंगो खोलाडी सावित भए ।

२ सय ४६ रनको लक्ष्य पछ्याएको हैदराबादले ९ बल बााकी रहदै केवल २ विकेट गुमाएर जित पक्का पर्यो । अभिषेक र ट्रेभिस हेडले पहिलो विकेटका लागि १ सय ७१ रनको साझेदारी गरे । 

अभिषेकले ४० बलमा ११ चौका र ६ छक्कासहित आईपीएलमा आफ्नो पहिलो शतक पूरा गरेका थिए । हेड ३७ बलमा ९ चौका ३ छक्कासहित ६६ रन बनाए । ५५ बल खेलेका अभिषेकले १४ चौथो र १० छक्काको मद्दतमा १ सय ४१ रनको योगदान गरे । 

उनी अर्शदीप सिंहको बलमा आउट भएका थिए । हेनरीक क्लासान २१ र इसान किसन ९ रनमा नटआउट रहे । पञ्जाबका लागी अर्शदीप सिंह र युजबेन्द्र चहलले समान १-१ विकेट लिए ।

यससँगै लगातार ४ खेल हारेको हैदराबादले प्रतियोगितामा दोस्रो जित हात पारेको छ । उसले ६ खेलबा ४ अंक जोडेको छ । जितसँगै हैदराबादले अंक तालिकामा २ स्थमान सुधार गर्दै पुछारबाट ८औं स्थानमा उक्लिएको छ । पञ्जाब ५ खेलमा ३ जित सहित ६ अंक जोडेर छैंटौं स्थानमा छ।