आर्सनलले अंक बाड्दा लिभरपुललाई फाइदा

चैत्र ३१, २०८१ |खेल ब्युरो
आर्सनलले अंक बाड्दा लिभरपुललाई फाइदा

काठमाडौं । ब्रेन्टफोडका लागी योआने विस्साले बराबरी गोल फर्काएपछि प्रिमियर लिगको दोस्रो स्थानमा रहेको आर्सनल अंक बाड्न बाध्य भएको छ ।

एमिरेट्स स्टेडियममा गए राति सम्पन्न खेलमा दुबै टोलीले १-१ को बराबरी खेलेका हुन् । यस बराबरीले लिभरपुललाई प्रिमियर लिगको उपाधितर्फ अझ नजिक पुर्‍याएको छ ।

च्याम्पियन्स लिग क्वार्टर-फाइनलको पहिलो लेगमा रियाल मडि्रडलाई ३-० ले हराएको चार दिनपछि आर्सनललाई थमस फ्रर्याङकको टोलीविरुद्ध गोल गर्न एक घण्टा भन्दा बढी लाग्यो । कियरान टियरनीले इथन न्वानेरीको क्रसमा हेडमार्फत गोल गरेपनि नयाँ प्रयोगमा आएको सेमी-अटोमेटेड अफसाइड टेक्नोलोजीले गोल रद्द गर्यो । 

६१औं मिनेटमा डेक्लान राइसको काउन्टर-एट्याकबाट थोमस पार्टीले मार्क फलेकनमाथि गोल गर्दै अग्रता दिलाए । पार्टीको गोलबाहेक आर्सनलले खासै अवसर सिर्जना गर्न सकेन । 

७४औं मिनेटमा ब्रेन्टफोर्डले बराबरी गोल गर्‍यो । ब्रेन्टफोर्डका लागी विसाले गोल गरेका थिए । लगातार दोस्रो बराबरीसागै आर्सनलले लिभरपुललाई उपाधितर्फ अघि बढ्न थप सहज बनाइदिएको छ । 

अब लिभरपुललाई उपाधि जित्न अधिकतम ९ अंक मात्र आवश्यक छ । आर्सनलको ३२ खेलमा ६३ अंक छ । एक खेल कम खेलेको लिभरपुल आर्सनल भन्दा १० अंकले अघि छ । ब्रेन्टफोर्ड क्रिस्टल प्यालेस भन्दामाथि उक्लिादै ११ औं स्थानमा पुगेको छ ।