साउदी प्रो लिग : अल-रियादविरूद्ध अल-नसरकाे पुनरागमन जित

चैत्र ३१, २०८१ |खेल ब्युरो
साउदी प्रो लिग : अल-रियादविरूद्ध अल-नसरकाे पुनरागमन जित

काठमाडौं । साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि अल-रियादविरूद्ध अल-नसरले पुनरागमन जित हात पारेको छ । गएराति सम्पन्न खेलमा अल नासरले अल रियादलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफको अन्त्यतिर फाइज सेलेमानीको प्रहारलाई रोकेपनि रिवाउण्डमा प्राप्त अवसरमा सेलेमानीलेनै गोल गर्दै अल रियादलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफ भने रोनाल्डोकोले सानदार प्रदर्शन गर्दै नासरलाई खेलमा फर्काए । ५६ औं मिनेटमा साडियो मानेको क्रसमा रोनाल्डोले बराबरी गोल गरे । रोनाल्डोको दोस्रो गोल झन सानदार रहृयो । 

६४औं मिनेटमा अल-रियादको डिफेन्सबाट क्लियर भएको बलले निकै उचाइ समातेको थियो । सो बललाई बक्सको छेउमा रहेका रोनाल्डोले जबरजस्त भलीमार्फत् टप-कर्नरमा पुर्‍याउँदै खेल उल्ट्याए ।

इन्जुरी टाइममा उनले झोन डुरानका लागि गोलको मौका सिर्जना गरेपनि डुरानको प्रहार बार माथि गयो । अतिरिक्त समयमा सेलेमानीलाई रातो कार्ड देखाइएपछि उनले मैदान छोड्नु परेको थियो ।

२७ खेलमा ५७ अंक जोडेको अल-नासर तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानको अल-हिलालभन्दा एक अंकले पछि र शीर्ष स्थानको अल-इत्तिहादभन्दा आठ अंकले पछि छ । रियाद ३४ अंक सहित नवौं स्थानमा छ ।