भक्तपुर । भक्तपुरकाे बिस्का जात्रामा भैलखः अर्थात् रथले किचेर एक जना मृत्यु भएको छ । अन्दाजी ३७ वर्षीय सुशील तमखुको रथ पांग्राले किचेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
बिस्का जात्राकाे चाैथाै दिन आज रथ बिग्रिएपछि मर्मत गरेर गहिटी टाेलबाट योसिंखेलसम्म लैजाने क्रममा रथले किचेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिनुभयो । मृतक तमखु भक्तपुर वडा नं ४ स्थित लाकोलाछेंका स्थानीय भएकाे र हाल सूर्यविनायक नगरपालिकास्थित सिपाडोलमा बस्दै आएकाे प्रहरीकाे भनाइ छ ।
जात्राकाे आज चौथौ दिन ५५ हात लामाे याेसिद्याे उभ्याएर जात्रा गरिन्छ । भैलखः अंःसी भाँचिएपछि केही ढिलाे गरी याेसीःद्याे उभ्याउने जात्रा ढिलाे गरी जात्रा सुरु भएकाे छ ।
बिस्का जात्राकाे रथले किचेर एक जनाकाे मृत्यु ।