२२ महिनादेखि रोकिएको शेयर निष्कासन खुलाइदिन प्रधानमन्त्रीलाई आग्रह

चैत्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
२२ महिनादेखि रोकिएको शेयर निष्कासन खुलाइदिन प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । जलविद्युत्‌का लगानीकर्ताले २२ महिनादेखि रोकिएको शेयर निष्कासनका लागि बाटो खुलाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (ईपान) ले आज प्रधानमन्त्री ओलीलाई शेयर निष्कासनको वातावरण बनाइदिन पत्र मार्फत आग्रह गरेको हो ।

नेपाल धितोपत्र बोर्डले सार्वजनिक लेखा समितिको निर्देशनको कारण देखाउँदै २० महिनादेखि ५३ जलविद्युत् कम्पनीको प्राथमिक शेयर तथा हकप्रद शेयर निष्कासनको अनुमति दिएको छैन । लेखा समितिको २०८० पुस १२ गते बसेको बैठकले आईपीओ जारी गर्न रियल नेटवर्थ ९० भन्दा बढी हुनुपर्ने निर्देशन दिएको थियो । आईपीओ निष्कासनका लागि आवेदन दिएका ४२ ऊर्जा कम्पनीको २० अर्ब रुपैयाँ बराबरको शेयर निष्कासन रोकिँदा ११ कम्पनीको साढे ४ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयरको पनि अनुमति रोकिएको छ ।

२०८० साउनपछि जलविद्युत् आयोजनाको आईपीओ र हकप्रद शेयर निष्कासन गर्न नपाउँदा आयोजना निर्माणमै गम्भीर संकट ल्याएको इपानको भनाइ छ । धितोपत्र बोर्डले भने दुई वर्षदेखि रोकिएका फाइलमा अहिले नयाँ कागजात आवश्यक पर्ने भएकाले रोकिएको जनाएको छ ।

यसअघि, ईपानले शेयर निष्कासनको वातावरण बनाइदिन लेखा समितिका साथै मन्त्री, सचिव, धितोपत्र बोर्ड लगायतका अधिकारीहरूलाई भेटेर आग्रह गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.