फाइनलमा नेपाल आज कुवेतसँग भिड्दै

चैत्र ३१, २०८१ |खेल ब्युरो
फाइनलमा नेपाल आज कुवेतसँग भिड्दै

काठमाडौं । चार देश सम्मिलित टी-ट्वेन्टी सिरिजको फाइनलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । हङकङको मङककस्थित मिसन रोड ग्राउन्डमा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ ।

हङकङविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोलीले पहिले ब्याटिङको अवसर पाएको थियो । 

हङकङले ‌९ ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रद्द भएको थियो । नेपाल तीन खेलबाट पाँच अंक बनाएर फाइनलमा पुगेको हो । कुवेतले तीन खेलमा चार अंक हात पारेको थियो । 

तीन अंक बनाएको हङकङ र कतारले अहिले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा नेपाल एकमात्र अपराजित टोली हो ।