साउदी प्रो लिग : अल इत्तिहाद्वारा अल ओरूबाह पराजित

चैत्र २९, २०८१ |खेल ब्युरो
साउदी प्रो लिग : अल इत्तिहाद्वारा अल ओरूबाह पराजित

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत बिहीबार राति भएको खेलमा अल इत्तिहादले घरेलु मैदानमा अल ओरुबाहलाई २-० ले पराजित गर्दै लिगको शीर्ष स्थानमा ८ अंकको स्पष्ट अग्रता बनाएको छ।

खेलको पहिलो हाफको इन्जुरी समयमा युनाइ हेर्नान्डेजले टाढाबाट शानदार गोल गर्दै अल इत्तिहादलाई अग्रता दिलाएका थिए। त्यस्तै, खेलको ८८औँ मिनेटमा अब्दुल-रहमान अल ओबुदले गोल गर्दै टोलीको जित सुनिश्चित गरे। गएराति उसले घरेलु मैदानमा ६९ प्रतिशत समय बलमा नियन्त्रण बनाएको थियो। 

यसक्रममा उसले २६ सट विपक्षीको पोस्टतर्फ प्रहार गरेकोमा १२ प्रहार सही दिशामा थिए। यद्यपी उसका दुई अटेम्प्ट मात्रै सफल रहे। यता ओरूबाह भने खेलभरि निरिह सावित भयो। गएरातिको जितसँगै लिगमा अल इत्तिहादको कुल अंक ६५ पुगेको छ। 

उसले अब लिगका सात खेल मात्र खेल्न बाँकी छन्। इतिहाद दोस्रो स्थानमा रहेको अल हिलाल भन्दा ८ अंकले अघि रहेको छ। अब हिलालले शुक्रबार अल इत्तिफाकको मैदानमा खेल्ने तालिका छ। तर अल हिलालले एक खेल कम खेलेको छ।