दोलखा । पर्यटकीय क्षेत्रमा नयाँ होटल तथा रेस्टुराँ खुल्ने क्रम बढदो छ । पछिल्लो समयमा खुलेका होटल तथा रेस्टुराँमा कफी संस्कृति मौलाएको छ । तर त्यसका लागि सम्बन्धित ज्ञान भएका जनशक्तिको भने अभाव छ । आशिंक रोजगारीका लागि दोलखाका स्थानीय तहले उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई कफी सहित अन्य सीप सिकाउन थालेका छन् ।
दोलखा भीमेश्वर नगरपालिका-७ ले आफ्ना वडाभित्र उच्च शिक्षा पढन जाने र पढिरहेकालाई ‘पार्ट टाइम’ रोजगारीमा सहयोग पुग्ने गरी पहिलो पल्ट बारिस्टा सीप सिकाएको हो । सीप सिक्ने अधिकांश विद्यार्थीले आधुनिक रेस्टुराँमा चलेको कफी र अन्य परिकार बनाउन सिके । यसले उनीहरूमा पढाइ खर्चका साथै रोजगारी गर्ने सीप विकास भएको छ ।
दोलखाको पर्यटकीय क्षेत्रमा होटल र रेस्टुराँ खुल्ने क्रम बढ्दो छ । तर जनशक्ति भने अभाव । सीप सिकेका केहीले चरिकोटकै होटल तथा रेस्टुराँमा आशिंक रोजगारी पाएका छन् । बिहान उच्च शिक्षा अध्ययन गर्न जाने र अन्य समय यस्ता होटल रेस्टुराँमा रोजगारी गर्ने अवसरका रूपमा लिएका छन् ।
विद्यालयमा पढदै सिक्दै कार्यक्रम लागू भएका छन् । बजारको माग अनुसारको सीप विद्यार्थीलाई दिने हो भने स्थानीय बजारमै रोजगारी लिन सक्ने थिए ।