काठमाडौं । ग्रीसका स्टेफानोस चिचिपास बार्सिलोना ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
गएराति सम्पन्न खेलमा अमेरिकी खेलाडी सेबास्टियन कोर्डालाई दुई सेटमा हराउँदै चिचिपासले अन्तिम ८ को यात्रा तय गरेका हुन् ।
चार पटक फाइनल पुगेका चिचिपासले यो पटक पनि अन्तिम आठमा स्थान सुरक्षित गरे । कडा प्रतिस्पर्धा भएको पहिलो सेट चिचिपासले ७-६ ले आफ्नो पक्षमा पारेका थिए । दोस्रो सेट ६-४ ले जितेपछि चिचिपासले अन्तिम ८ मा स्थान बनाए ।
अब अनले क्याटालोनियामा आफ्नो पहिलो उपाधिको खोजीमा रहेका फ्रेन्च खेलाडी आर्थर फिल्ससँग भिड्नेछन् । फिल्सले स्पेनी खेलाडी पेड्रो मार्टिनेजलाई ६-३ र ६-२ को सोझो सेटमा पराजित गरेका थिए ।
डेनमार्कका होल्गर रूनले पनि क्वार्टरफाइनलमा स्थान बनाएका छन् । अर्जेन्टिनी खेलाडी सेबास्टियन बाएजविरुद्ध पहिलो सेट गुमाए पनि रूनले पुनरागमन जित हात पारे ।