बारामा टिपरले कारलाई ठक्कर दिँदा कारमा सवार दुई जनाको मृत्यु

वैशाख ५, २०८२ |रमेश ठाकुर
बारामा टिपरले कारलाई ठक्कर दिँदा कारमा सवार दुई जनाको मृत्यु

बारा । जितपुर सिमरा उपमहानगरपालिकामा कार र टिपर एक-आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित भुइँपुलमा आज दिउँसो निजगढबाट पथलैयातर्फ जाँदै गरेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको कार एकआपसमा ठोक्किएका हुन् । 

प्र २–०३–००१ ख ०६०७ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ०१–०२५ च ५०७६ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । 

मृत्यु हुनेमा नाम नखुलेका कार चालक एकजना र सर्लाही बर्हथवा नगरपालिका-१५ हजरियाका नारायणहरि शर्मा रहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि प्रसूति अस्पताल निजगढ बारामा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात टिपर चालक फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Image

रमेश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददाता हुन् ।