भक्तपुर । बिस्का जात्राको अन्तिम दिन आज भैलखः अर्थात् भैरवनाथको रथ भाँचिएको छ । जात्राको अन्तिम दिन आज गहिती टोलबाट थाहा विजईगुको अर्थात् देउता माथिल्लो टोलमा सवार हुने क्रममा पाँच तले मन्दिर प्राङ्गणमा पुगेपछि रथ भाँचिएको हो ।
रथ भाँचिएसँगै अगाडिपट्टिकाे पाङ्ग्रा निस्किएको छ । रथ भाँचिएसँगै आजकाे जात्रा अवरुद्ध भएकाे छ । भैलखःलाई दुवै तिरबाट तानातान गरी आआफ्नाे टाेलमा लैजाने प्रयास गर्दै तल्लाे र माथिल्लाे टाेलबाट रथ तान्ने गरिन्छ । बिस्का जात्राकाे पहिलाे दिन लाई द्याे क्वँह विज्यागु र अन्तिम दिनलाई द्याे थाँहा विज्यागु भनिन्छ ।
जात्रा ८ रात ९ दिनसम्म मनाएर आज सकिएको छ ।