युईएफा युरोपा लिग : म्यानचेटर युनाइटेड र लियोनबीचकाे खेल बराबरीमा राेकियाे

चैत्र २९, २०८१ |खेल ब्युरो
युईएफा युरोपा लिग : म्यानचेटर युनाइटेड र लियोनबीचकाे खेल बराबरीमा राेकियाे

काठमाडौं । युईएफा युरोपा लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेटर युनाइटेडले लियोनसँगै २-२ को बराबरी खेलेको छ। फ्रेन्च क्लब लियोनको घरेलु मैदानमा भएको खेलमा १-० ले पछि परेको युनाइडेले बराबरी खेलेको हो।

खेलको २५ औं मिनेटमा नै लियोनले घरेलु समर्थकमाझ अग्रता बनाएको थियो। गोलकिपर आन्द्रे ओनानाको कमजोर र्फमको फाइदा उठाउँदै थियागो अल्माडाले फ्रि किकमा सिधै दायाँ कुनामा गोल गरे। उनको शक्तिशाली प्रहार स्विङ भएर पोस्टभित्र पुगेको थियो। 

यससँगै घरेलु समर्थकलाई खेलमा उत्साह मिलेको थियो। तर खेलको पहिलो हाफको इन्ज्युरी समयमा नै युनाइटेडले खेल बराबरीमा ल्यायो। म्यानुउल उगार्तेको पासमा लेनी योरोले गोल गरे। यो रोले जारी लिगमा युनाइटेडको लागि पहिलो गोल गरेका हुन्। 

यससँगै पहिलो हाफमा १-१ गोल भएको थियो। दोस्रो हाफमा पनि दुवै टिमले १-१ गोल थपे। ५४औं मिनेटमा मिखाउदाजेले युनाइटेडका तीन डिफेन्डरलाई छक्काएर गोलका लागि प्रहार गरेपनि उनी असफल भए। 

खेलको ६३औं मिनेटमा रासमस होलुन्डलाई विस्थापन गरेर मैदान प्रवेश गरेका जोसुवा जिर्कजीले ८८औं मिनेटमा गोल गरे। ब्रुनो फरनान्डेसले दिएको पासमा गोल गरेसँगै युनायटेड एक समय २-१ ले अघि थियो। 

तर स्टपेज समयमा लियोनका लागि रायन चेर्कीले गोल फर्काएपछि खेल २-२ मा समाप्त भएको थियो। खेल बराबरी भएसँगै अब युरोपा लिगको सेमिफाइनल पुग्ने टिमको टुंगो अर्को साता युनाटेडको मैदानमा हुने खेलबाट मात्रै तय हुने भएको छ। 

यता गएराति नै भएको खेलमा टोटेनहम हट्स्पर घरेलु मैदानमा नै बराबरीमा रोकिएको छ। खेलको सुरूआतमा नै एक गोलले पछि परेको टोटेनहमले बराबरी गरेको हो। टोटेनहमका लागि पेड्रो पोरोले गोल गरेका थिए। 

त्यसैगरी १० खेलाडीमा समेटिएको रेन्जर्सले एथ्लेटिक्स क्लबसँग गोलरहित बराबरी खेलेको छ। अब सबै खेल आउँदो बिहीबार राति हुनेछ।