काठमाडौं । सरकार र अनशनरत स्काउटरबीच ५ बुँदे सहमति भएको छ । सहमतिसँगै ८ दिनदेखिको आमरण अनशन अन्त्य भएको छ ।
आज साँझ खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा भएको वार्तामा स्काउटमा भएको अनियमितताको छानबिन प्रक्रिया नटुंगिएसम्म स्काउटका राष्ट्रिय निर्देशकलाई निलम्बन गर्ने सहमति भएको स्काउट शुद्धीकरण अभियानका प्रवक्ता एव वार्ता टोलीका सदस्य आशिष कार्कीले जानकारी दिनुभएको छ ।
स्काउटमा भएको बेथिति र अनियमितताका विषयमा छानबिन गर्न ७ सदस्यीय समिति बनाउने सहमति भएको छ । सहमतिपछि अनशनरत दुई जना स्काउटरलाई खेलकुदमन्त्रीले चौधरीले जुस खुवाएर अनशन अन्त्य गराउनु भयो । सहमतिपत्रमा खेलकुद मन्त्रालयका सह-सचिव एव वार्ता टोली संयोजक सुवास चन्द शिवाकोटी र स्काउट शुद्धीकरण अभियानका प्रवक्ता आशिष कार्की लगायतले हस्ताक्षर गर्नु भएको छ ।
यो पनि...
स्काउटभित्रको बेथिती अन्त्य र शुद्धीकरणको माग गर्दै स्काउटरहरू ७ दिनदेखि आमरण अनसनमा