काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रको उपाध्यक्ष पदमा मनोनीत हुनुभएको छ । गत पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य हुँदै उपाध्यक्ष पदमा मनोनीत गरेको हो ।
यसअघि पुनलाई उत्पादनसम्बन्धी ब्युरोको इन्चार्जको जिम्मा दिइएको थियो । उहाँ पार्टी बैठकहरूमा आमन्त्रित नेताको रूपमा उपस्थित हुँदै आउनुभएको थियो ।
पुनले दुई कार्यकाल उपराष्ट्रपति पद सम्हाल्नुभएको थियो ।