वरिष्ठ पत्रकार भैरव रिसालको निधन

चैत्र २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । फोक्सो र मुटुको समस्याबाट ग्रसित ९७ वर्षीय रिसालको आइतबार बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा साँझ पाैने ८ बजेतिर निधन भएको हो ।

उहाँ राष्ट्रिय समाचार समिति- राससका पूर्व प्रमुख समाचारदाता हुनुहुन्थ्यो । रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गर्नुभएको थियो ।

पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, वातावरण संरक्षणसम्बन्धी र जगदम्बा श्री गरी विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो कार्यक्रम सञ्चालन गर्नुभएको थियो । वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदूर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बन्नुभएको थियो ।

रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन् । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.