काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल २०२५ को पाँचौं खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई ११ रनले हराएको छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गुजरातले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय ४३ रन बनाएको थियो। जवाफमा गुजरातले दुई सय ३२ रन मात्रै बनायो।
१८ औं संस्करणको प्रतियोगितामा आफ्नो पहिलो खेलखेलमा पञ्जावले पनि शानदार ओपनिङ भने गर्न सकेन । ओपनर प्रभसिमरन सिंह पाँच रनमै आउट भए। त्यसपछि इनिङ सम्हालेका पियन्स आर्य र कप्तान श्रेयस अयरले ५१ रनको साझेदारी गरेका थिए । पियन्स २३ बलमा ४७ रन बनाएर क्याचआउट भएपछि पञ्जाबले ७९ रन बनाएको थियो ।
खेलमा अजमतुल्लाह उमरजाईले १६ रन बनाए भने मार्कस स्टोइनिसले २० रनको योगदान गरे। त्यसैगरी अन्तिममा अविजित रहेका शशांक सिंहले ४४ रनको योगदान गरे। उनले अन्तिममा अय्यरसँग ६२ रनको अविजित साझेदारी गरेका थिए। खेलमा लामो पारी खेलेका अय्यरले ४२ बलमा ९७ रन बनाएका थिए। उनी पहिलो खेलमै शतक प्रहार गर्नबाट तीन रनले चुके। सो क्रममा उनले ५ छक्का र नौ चौका प्रहार गरेका थिए।
यता गुजरातको लागि साई किशोरले तीन विकेट आफ्नो नाममा गरे। उनले ४ ओभरमा ३० रन खर्चिएर चार विकेट लिएका हुन्। जवाफमा गुजरातले ठिकठाक सुरुआत गरेको थियो। ओपनर साई सुदर्शनले सुभ्मन गिलसँग ६१ रन को सोझेदारी गरेका थिए। त्यसपछि म्याक्वेललाई सुभ्मनलाई व्यक्तिगत ३३ रन बनाएको अवस्थामा क्याचआउट गराए। सुदर्शन पनि ७४ रन बनाएर बाहिरिए। उनले एक सय ८० को स्ट्राइक रेटमा सो रन बनाएका थिए।
तेस्रो नम्बरका जस बटलरले ५४ रनको अर्धशतकी पारी खेले भने सरफेन्स रदरर्फडले पनि ५४ रन जोडे। चार विकेट गुमाउँदा उसले दुई सय १७ रन त बनाइसकेको थियो। तर अन्तिममा पर्याप्त ओभर बाँकी नरहेपछि गुजरात ११ रनको हार स्वीकार्न बाध्य भयो। अन्तिममा गुजरातलाई लक्ष्यसम्म पुग्न नदिन अर्षदिप सिंहले दुई विकेटसहित डेथ ओभरमा उत्कृष्ट बलिङ गरेका थिए। उनले अन्तिम ओभरमा राहुल तेवतिया र रदरर्फडलाई आउट गरेका थिए।