काठमाडौं । नेपाल पत्रकार महासंघले कान्तिपुर टेलिभिजनमाथि भएको आक्रमणको विषयलाई लिएर चर्को आलोचना गरेको छ ।
राजावादी पक्षधरले कान्तिपुर टेलिभिजनमाथि गरेको आक्रमण प्रेस स्वतन्त्राविरुद्ध भएको भन्दै पत्रकार महासंघको टोलि टेलिभिजनको तीनकुनेस्थित कार्यालयमै आएर विरोध जनाएका हुन् ।
कान्तिपुर टेलिभिजनमाथिको आक्रमण लोकतन्त्रमाथिकै आक्रमण भएको भन्दै महासंघले संचारक्षेत्रको सुरक्षाका लागि सरकारको ध्यानआकार्षण गराउने समेत प्रतिवद्धता जनाएको छ ।
कान्तिपुर टेलिभिजन जस्तो अग्रणी संचारमाध्यममा आक्रमण हुनु भनेको व्यवस्थामाथिकै प्रहार भएको भन्दै पत्रकार महासंघले त्यसको निन्दा समेत गरेको छ।
कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले आतङ्कवादी शैलीमा टेलिभिजनमाथि प्रहार भएको भन्दै यसलाई सरकारले गम्भिररुपमा लिनुपर्ने बताउभुयो ।
पत्रकार महासंघको टोलिले कान्तिपुर टेलिभिजनमा आक्रमणकारीहरूले पुर्याएको क्षतिको विवरण संकलन गरेर सरकारसमक्ष जाकारी गराउने समेत प्रतिवद्धता जनाएका छन् ।
महासंघको टोलिले टेलिभिजनमाथि भएको आक्रमणको अवलोकन समेत गरेका छन् । यसअघि पत्रकार महासंघको नेतृत्वमा हिजो पूर्वराजापक्षधरले संचार माध्यम र पत्रकार माथि गरेको आक्रमणको निन्दा गर्दै माइतिघर मण्डलमा विरोध प्रदर्शन गरेका छन् ।