आपराधिक घटनामा संलग्नहरुलाई कानुनको दायरामा ल्याएर कारबाही गर्ने गृहमन्त्री लेखकको प्रतिबद्धता

तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालय पनि अनुगमन
चैत्र १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
आपराधिक घटनामा संलग्नहरुलाई कानुनको दायरामा ल्याएर कारबाही गर्ने गृहमन्त्री लेखकको प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधरले हिजो गरेको प्रदर्शनका पछाडि कुनै दल र राजनीतिक चेतना भएका मानिसको संलग्नता नरहेको भन्दै आपराधिक घटनामा संलग्नहरुलाई कानुनको दायरामा ल्याएर कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

राजतन्त्र पक्षधरले हिजो आक्रमण गरेर क्षति पुर्‍याएका तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालय अनुगमन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

गृहमन्त्री लेखकले राजतन्त्र पक्षधरहरुले काठमाडौंको तीनकुने क्षेत्रमा हिजो गरेको आगजनी र हिंसात्मक घटनामा भएको क्षतिको आज स्थलगत निरीक्षण गर्नुभएको छ भने तीनकुनेस्थित अन्नपूर्ण पोस्टको कार्यालय, कोटेस्वरमा रहेको भाटभटेनी सुपरमार्केट, सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा पुगेर पनि अनुगमन गर्नुभएको छ ।

मन्त्री लेखकले काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरहरूले आगजनी गरेर ध्वस्त बनाएको घर निरीक्षण गर्नुभएको हो । सोहि घरमा एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको जलेर मृत्यु भएको थियो ।

गृहमन्त्री लेखकले हिजोको प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारको व्यवस्था सरकारले गर्ने जानकारी पनि दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.