सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा ए डिभिजनसहित आठ टिम सहभागी

चैत्र १६, २०८१ |खेल ब्युरो
सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा ए डिभिजनसहित आठ टिम सहभागी

काठमाडौं । आइतबार सुरू हुने सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १७ औं संस्करणमा ए डिभिजनसहित आठ टिमले खेल्ने भएका छन् ।

धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौंको चित्लाङ फूटबल क्लब, झापाको विर्तामोड यूनाइटेड, ब्वाइज क्लब सुनसरी, उदयपुरको गाइघाट, मोरङको बेलबारी, विभागीय टिम एपीएफ र आयोजक टिम सहभागी हुने पत्रकार सम्मेलन गरि आयोजकले जनाएको छ । 

प्रतियोगिताको बिजेताले पाँचलाख र उपविजेताले दुइ लाख पचास हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सहिद भीमनारायण भीमनारायण प्रतिष्ठानले फूटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।