कान्तिपुर टेलिभिजनमाथि राजतन्त्र पक्षधरले गरेको तोडफोडको प्रेस चौतारी नेपालद्वारा निन्दा

चैत्र १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर टेलिभिजनमाथि राजतन्त्र पक्षधरले गरेको तोडफोडको प्रेस चौतारी नेपालद्वारा निन्दा

काठमाडौं । कान्तिपुर टेलिभिजनमाथि राजतन्त्र पक्षधरले गरेको तोडफोडको प्रेस चौतारी नेपालले निन्दा गरेको छ ।

सत्तारुढ दल नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले पूर्वराजावादीका नाममा कान्तिपुर टेलिभिजनको कार्यालयमा भएको तोडफोडलाई लिएर टेलिभिजनको कार्यालय तीनकुनेमै आएर भत्सर्ना हो ।

चौतारीका अध्यक्ष गणेश पाण्डेले अराजक समूहले कान्तिपुर टेलिभिजनमाथि गरेको आक्रमण सह्य नहुने भन्दै आक्रमणकारीको पहिचान गरि कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो ।

चौतारीका महासचिव हीरामान लामाले कान्तिपुर टेलिभिजनमाथिको आक्रमण सुनियोजित भएको भन्दै घटनामा संलग्नहरूलाई कारवाहीमा ल्याउनुपर्ने बताउनुभयो ।

कान्तिपुर टेलिभिजनका प्रधानसम्पादक विजय पौडेलले आक्रमणकारीहरूको कुनै राजनीतिक चरित्रसमेत नभएको भन्दै त्यस्ता घटनाबाट विचलित नहुने र आफ्ना काममा निरन्तर लागिरहेन प्रतिबद्धता जनाउनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेको टोलीले कान्तिपुर टेलिभिजनमाथि हिजो भएको तोडफोड र आक्रमणले पुर्याएको क्षतिको अनुगमनसमेत गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.