काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप २०२६ मा लागि छनोट भएको छ। दक्षिण अमेरिकी छनोटको शीर्षस्थानमा रहेको अर्जेन्टिना आज बिहान ब्राजिलसँगको खेलअघि नै छनोट भएको हो ।
फिफा विश्वकपका दक्षिण अमेरिकी छनोट अन्तर्गत भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४-१ गोलले हराएको छ।
आजको जितसँगै दक्षिण अमेरिकी छनोटको शीर्षस्थानमा रहेको अर्जेन्टिनाले ३१ अंक बनाएको छ। आज अर्जेन्टिनाको मास मोनुमेन्टल रंगशालामा अर्जेन्टिनाको जितका लागि जुलियन अल्भारेज, इन्जो फर्नान्डेस, एलेक्सिस म्याक अलिस्टार र गुइलिआनो साइमनले गोल गरेका थिए। ब्राजिलका लागि माथ्थिउस कुन्वाहाले एक गोल फर्काएको छ।
अहिलेसम्म फिफा विश्वकपमा सात टोलीले आफ्नो स्थान पक्का गरिसकेको छन्। अमेरिका, क्यानडा र मेक्सिको आयोजकका रुपमा छनोट भएका छन्। एसियाली छनोटबाट जापान र इरानले विश्वकपका स्थान बनाएका छन्। त्यसैगरी, अस्ट्रेलियाले पनि विश्वकपमा स्थान बनाएको छ। आज बिहान अर्जेन्टिना पनि छनोट भएको हो। अब छनोट हुने ४१ टिमको टुंगो लाग्न बाँकी छ।