काठमाडौं । पोर्चुगलले, डेनमार्कलाई अतिरिक्त समयमा ५-३ गोलले पराजित गर्दै नेसन्स लिगको सेमीफाइनल यात्रा तय गरेको छ । निर्धारित समयमा ३-३ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
लिस्बनमा मैदान उत्रिदा डेनमार्कलाई १-० गोलको अग्रता थियो । तर पोर्चुगलले घरेलु मैदानमा शानदार पुनरागमन गर्दै ५-२ गोलको जित हात पार्यो । खेल सुरु भएको छैठौं मिनेटमानै रोनाल्डोले पेनाल्टि मार्फत बराबरी गोल फर्काउने अवसर पाएका थिए । उनको पेनाल्टि डेनिस गोलकिपर कास्पर स्माइकलले सहजै बचाए ।
पेनाल्टि गुमाउनु पोर्चुगलका लागि महंगो सावित भने भएन् । ३८औं मिनेटमा डेनमार्कका योअकिम एन्डरसनले आफ्नै पोस्टमा गोल गरेपछि पोर्चुगलले खेलमा फर्किने मौका पायो । त्यसपछि रोनाल्डोले गोल गरेपनि अफसाइड हुँदा मान्यता पाएको थिएन् ।
५६ औं मिनेटमा डेनमार्कका रास्मस क्रिस्टेनसले गोल गरे । ७२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै आफ्नो गल्ति सुधार गरे । क्रिस्टियन एरिक्सनले पाहुना टिमका लागि ७६ औं मिनेटमा गोल गरे । ८६ औं मिनेटमा फ्रान्सिस्को ट्रिन्काओले गोल गरेपछि भने ९० मिनेटको खेल बराबरीमा टुगिंयो ।
अतिरिक्त समय पोर्चुगलको नाममा रह्यो । एक सय १५ औं मिनेटमा सब्सिच्युट गोन्जालो रामोसको गोल पछि पोर्चुगलले अन्तिम चारमा स्थान बनाएको हो । अब पोर्चुगलको भेट जर्मनीसँग हुनेछ ।
गएरातीनै भएको खेलमा जर्मनीले इटालीलाई समग्रमा ५-४ गोलले स्तब्ध पारेको हो । जर्मनीले इटालियन गोलकिपर डोनारुम्मा सहित अन्य खेलाडीको गल्तिको फाइदा उठायो ।
मिलान स्थित सान सिरोमा भएको क्वाटरफाइनलको पहिलो लेगमा युलियन निगल्समनको टिम २-१ ले विजयी भएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेग ३-३ को बराबरीमा सकियो । ३०औं मिनेटमा ओसुवा किमिखले पेनाल्टि मार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा जमाल मुसियालाले अग्रता दोब्बर बनाए ।
४५औं मिनेटमा टिम क्लाइनेस्टले गोल गरेपछि इटाली पहिलो हाफमा ३-० ले पछि परेको थियो । ब्रेकपछि उसले पुनरागमन गर्दै तीन गोल फर्काएपनि जितका लागि पर्याप्त भएन् । मोइस किनले ४९ र ६९ औं मिनेटमा गोल गरे । इन्जुरी समयमा रास्पाडोरीको गोल जर्मनीलाई पराजित गर्न पर्याप्त भएन् । जर्मनी पहिलो पटक नेसन्स लिगको सेमीफाइनल पुगेको हो ।