बार्सिलोना महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

चैत्र १५, २०८१ |खेल ब्युरो
बार्सिलोना महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

काठमाडौं । बार्सिलोना महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न क्वाटरफाइनल दोस्रो लेगमा वुल्फसबर्गलाई ६-१ ले पराजित गर्दै समग्रमा १०-२ को फराकिलो जित सहित स्पेनिस टोली सेमिफाइनलमा पुगेको हो ।

बार्सिलोनाले पहिलो लेगमा जर्मन क्लबलाई ४-१ ले पराजित गरेको थियो । डिफेन्डिङ च्याम्पियन बार्साका लागि साल्मा पारालुएलो र क्लाउडिया पिनाले २-२ गोल गरे ।

पारालुएलोले पहिलो २० मिनेटमै दुई गोल गर्दै वुल्फसबर्गको पुनरागमनको सम्भावनालाई समाप्त गरिन् । त्यसपछि इस्मी ब्रुग्ट्सले गोल थप्दै बार्सालाई ३-० ले अघि बढाइन् । ६२औं मिनेटमा एलेक्सिया पुटेलासको असिस्टमा पिनाले चौथो गोल गरिन् । 

वुल्फसबर्गले लिनेथ बेरेनस्टेइनको गोलमार्फत पुनारगमनको प्रयास गरेपनि बार्सिलोनाले फराकिलो अग्रता बनाइ सकेको थियो । पिनाको सुन्दर फ्रिकिक गोल र मापी लियोनले इन्जुरी टाइम गरेको अर्को गोलले बार्सिलोनालाई सेमिफाइनलमा प्रवेश गरायो । 

बार्सिलोनाले फाइनल प्रवेशका लागि चेल्सीको सामना गर्नेछ । गएराति सम्पन्न खेलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई समग्रमा ३-० को जित हात पारेपछि बार्सिलोनासँगको भेट पक्का गरेको हो ।