काभ्रेबाट उपत्यका प्रवेशमा रोक, सयौं गाडी भञ्ज्याङमै अलपत्र

चैत्र १५, २०८१ |पुजन धिताल
काभ्रेबाट उपत्यका प्रवेशमा रोक, सयौं गाडी भञ्ज्याङमै अलपत्र

काभ्रे । अरनिको राजमार्ग र बीपी राजमार्ग हुँदै काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनलाई पूर्ण रूपमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी वसुन्धरा खड्काका अनुसार उपत्यकाको सिमाना साँगा भञ्ज्याङ र नाला भञ्ज्याङमा सवारी साधनलाई रोकिएको छ । 

काठमाडौं जिल्लामा राजावादी आन्दोलन उग्र भएपछि लगाइएको कर्फ्युका कारण रोक लगाइएको हो ।

बीपी राजमार्ग हुँदै काठमाडौं गइरहेका गाडीलाई भकुन्डेबेंसीमा, अरनिको राजमार्ग हुँदै जाने गाडीलाई पाँचखालमा रोकिनुका साथै बनेपा हुँदै अघि बढेका गाडीहरूलाई पनि साँगामै रोकिएको छ ।

सुरक्षा संवेदनशीलता उच्च बनेसँगै प्रशासनले उपत्यका प्रवेशमा कडाइ गर्दै सवारी आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरेको हो । यात्रुहरू अलपत्र परेका छन् भने थप निर्देशनका लागि प्रशासनको निर्णय कुर्नुपर्ने अवस्था आएको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।