काठमाडौं । रास्वपा प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।
संसद् भवनबाट भक्तपुरस्थित घर फर्किंदै गर्दा बालकुमारीमा प्रदर्शनकारीले परियारलाई बाहिर निकालेर गाडीमा आगो लगाएका हुन् ।
शुक्रबार दिउँसो करिब ४ बजे जलाइएको उक्त गाडी परियारलाई संसद्ले उपलब्ध गराएको हो ।