काठमाडौं । राजसंस्था समर्थकको प्रदर्शनका क्रममा आगजनीमा परी एकजना पत्रकारको मृत्यु भएको छ ।
तीनकुनेस्थित एक घरमा भिडियो खिच्न चौथो तलामा पुगेका पत्रकार सुरेश रजकको आगोले जलेर मृत्यु भएको हो ।
प्रदर्शनकारीले तीनकुने स्थित एक घरमा आगो लगाउँदा घरको चौथो तलाबाट दृश्य खिचिरहेका रजक बाहिर निक्लिन नसकेका हुन् ।
रजक एभीन्युज टेलिभिजनमा कार्यरत थिए ।