१६ तस्विरमा हेर्नुहोस आज दिनभरको हिंसात्मक आन्दोलन

चैत्र १५, २०८१ |श्याम श्रेष्ठ
१६ तस्विरमा हेर्नुहोस आज दिनभरको हिंसात्मक आन्दोलन

काठमाडौं । राजतन्त्र पक्षधरको आन्दोलनका नाममा अराजक समूहले काठमाडौंमा विध्वंश मच्चाएको छ । प्रदर्शन हिंसात्मक हुँदा २ जनाले ज्यान गुमाएका छन् भने २२ जना घाइते भएका छन् ।

हिंसा भड्केपछि प्रहरीले गोली चलाएको थियो । स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले राती १० बजेसम्मका लागि तीनकुने-कोटेश्वरसहित आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

अराजक समूहले कान्तिपुर टेलिभिजनसहित सञ्चारसंस्था र राजनीतिक दलका कार्यालयहरूमा तोडफोड र आगजनी गरिएको छ । भाटभटेनीसहित व्यापारिक संस्था र भवनमा आगजनी, तोडफोड र डकैतीको शैलीमा लुटपाट भएको छ ।

आगो निभाउन गएको दमकलमाथि समेत ढुंगामुढासहित आक्रमण गरिएको थियो । तिनकुनेमा प्रदर्शनकारीले सुरक्षाघेरा तोड्न खोजेपछि प्रहरीले सुरूमा अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेको थियो भने पछि रबरका गोली र हवाई फायर गरेको थियो । प्रदर्शनकारी र प्रहरीबीच आज दिनभर नै झडप र ढुंगा हानाहान भयो ।

प्रहरीले बल प्रयोग गर्न थालेपछि हिंसात्मक बनेका प्रदर्शनकारीले तिनकुने, कोटेश्वर क्षेत्रस्थित सञ्चारमाध्यम, राजनीतिक दल तथा निजी भवनहरुमा समेत ढुंगामुडा र आगजनी गरेका थिए ।

राष्ट्रिय मानवअधिकार आयोगले पनि राजतन्त्र पक्षधरको आन्दोलन हिंसात्मक बनेको ठहर गरेको छ ।

१६ तस्विरमा हेर्नुहोस आज दिनभरको आन्दोलनः


Image

श्याम श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका वरिष्ठ क्यामेरा पर्सन हुन् ।