काठमाडौं । प्रोफेसनल टेनिस प्लेयर्स एसोसिएसन पीटीपीएले टेनिसको प्रमुख प्रसासकिय निकायहरुविरुद्ध न्यूयोर्क अदालतमा मुद्दा दायर गरेको छ ।
नोभाक जोकोभिचद्वारा सन् २०१९ मा स्थापित यस स्वतन्त्र खेलाडी संघले एटीपी, डब्यूटीए, आइटिएफ र डब्यूआईटीएफले एकाधिकार कायम राखेको, खेलाडीहरूको हक हनन गरेको र उनीहरूको स्वास्थ्यलाई बेवास्ता गरेको आरोप लगाएको छ ।
पीटीपीएका कार्यकारी निर्देशक अहमद नासरले टेनिसको व्यवस्था अन्यायपूर्ण रहेको खेलाडीहरू शोषणमा परेको उनीहरूको आम्दानी दबाइएको र स्वास्थ्य जोखिममा राखिएको बताएका छन् ।
सुधारका लागि गरिएको वार्ताले कुनै नतिजा नदिएपछि कानुनी मार्ग अपनाउन बाध्य भएको नासरलाई उद्धृत गर्दै रोयर्टसले उल्लेख गरेको छ ।
एपीपीले भने पीटीपीएलाई विभाजनकारी भन्दै मुद्दालाई निराधार भएको बताएको छ । डब्यूटीएले पनि आफूले महिला टेनिसको प्रवर्द्धन गर्दै आएको दाबी गर्दै आरोप अस्वीकार गरेको छ ।
पीटीपीएले भने एटीपीले बाध्यात्मक र्याङ्कङि प्रणाली लगाउने, चरम गर्मीमा खेल्न बाध्य पार्ने र अनुचित ड्रग परीक्षण गर्ने लगायत आरोप लगाएको छ । मुद्दा दायर गर्नु अघि, पीटीपीएले २ सय ५० भन्दा बढी खेलाडीहरूसाग परामर्श गरेको थियो ।