स्पेनिस ला लिगा : बार्सिलोना र ओसासुनाबिचको स्थगित खेल मार्च २७ मा हुने

चैत्र ५, २०८१ |खेल ब्युरो
स्पेनिस ला लिगा : बार्सिलोना र ओसासुनाबिचको स्थगित खेल मार्च २७ मा हुने

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना र ओसासुनाबिचको स्थगित खेल मार्च २७ मा हुने भएको छ ।

स्पेनिस फुटबल महासंघले एक विज्ञप्तिमार्फत उक्त खेलको नयाा मीति घोषणा गरेको हो । यस महिनाको सुरुवातमा हुानु पर्ने खेल क्याटलान क्लबका डाक्टर कार्लेस मिनारो गार्सियाको निधनका कारण स्थगित गरिएको थियो ।

मार्च ८ मा दुबै टोलीले आˆनो सुरुआती लाइनअप घोषणा गरिसकेका थिए । खेलाडीहरू मैदानमा वार्म-अप गरिरहेका थिए । तर त्यसपछि बार्सिलोनाले स्टेडियमको स्पिकरमार्फत खेल स्थगित गरिएको घोषणा गरेको थियो ।

स्पेनिस मिडियाका अनुसार बार्सिलोना यो निर्णयविरुद्ध अपिल गर्ने तयारीमा रहेको छ । ब्राजिल र उरुग्वेका लागि विश्वकप छनोट खेल खेल्न मार्च २२ र २६ मा मैदानमा उत्रन लागेका राफिन्हा र रोनाल्ड अराउजो ओसासुनाविरुद्ध उपलब्ध नहुने भएपछि बार्सिलोनाले असन्तुष्टि जनाउने सम्भावना छ ।

ओसासुनाले मार्च २८ मा एथ्लेटिक बिल्बाओको भ्रमण गर्ने कार्यक्रम थियो । सो खेललाई एक दिन पछि धकेलिएको छ । लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाले मार्च ३० मा गिरोनालाई घरेलु मैदानमा स्वागत गर्ने तालिका भने एथावत रहने छ ।



Enter Kantipur TV HD
Advertisement