काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी-आईओसीको अधिवेशन पुरातन ओलम्पिक स्थल ओलम्पियामा सुरू भएको छ । अधिवेशनमा भोली नयाँ अध्यक्षको निर्वाचन हुनेछ ।
आईओसीको अध्यक्ष पदका लागी सात जनाले उम्मेदवारी दिएका छन् । जसमा साइकलिङ प्रमुख डेभिड लापार्टिन, आईओसी उपाध्यक्ष जुआन एन्टोनियो समरान्च जुनियर, वर्ल्ड एथलेटिक्स प्रमुख सेबास्टियनको, ओलम्पिक च्याम्पियन तथा जिम्बाब्वेकी खेल मन्त्री किस्र्टी कोभेन्ट्री, जोर्डनका प्रिन्स फैसल अल हुसैन, जिम्नास्टिक्स महासंघका अध्यक्ष मोरिनारी वाटानाबे, र स्की महासंघ प्रमुख जोहान एलियासच प्रमुख छन् ।
१ सय भन्दा बढी आईओसी सदस्यहरूले नयाा अध्यक्षको निर्वाचनमा मतदान गर्नेछन् । नयाँ अध्यक्ष ८ वर्षे कार्यकालका लागि चयन हुनेछन् । जसलाई अधिकतम १२ वर्षसम्म दोहोर्याउन सकिने छ ।
बिदाई हुन लागेका अध्यक्ष थोमस बाखले अधिवेशनमा सम्बोधन गर्दै प्राचीन इतिहासलाई सम्मान गर्न ओलम्पियामा अधिवेशन आयोजना गरिएको र नयाँ अध्यक्ष भविष्यप्रति आस्थाको प्रतीक हुने बताए । आईओसी विश्वकै धनी बहु-खेलकुद संस्था हो । जसको चार वर्षमा करिब ७ अर्ब डलर राजस्व संकलन गर्छ ।