मेसीले विश्वकप फुटबल छनोटअन्तर्गतका दुई खेल गुमाउने

चैत्र ५, २०८१ |खेल ब्युरो
मेसीले विश्वकप फुटबल छनोटअन्तर्गतका दुई खेल गुमाउने

काठमाडौं । अजेन्टिनी स्टार लियोनल मेसीले विश्वकप फुटबल छनोटअन्तर्गतका दुई खेल गुमाउने भएका छन् ।

इन्टर मायामीका फरवार्ड ३७ वर्षीय मेसीको एडक्टर मांशपेसीमा चोट लागेपछि आराम दिन लागिएको हो । एड मेजर लिग सकर एमएलएसअन्तर्गत हिजो सम्पन्न अटलान्टा युनाइटेडविरुद्धको खेलमा सुरुवाती ११ मा स्थान बनाउँदै मेसी मैदान फर्किएका थिए ।

सो खेलमा मायामी २-१ गोलले विजयी हुँदा मेसीले एक गोल गरेका थिए । यसअघि उनलाई मायामीले ३ खेलमा आराम दिएको थियो ।

अर्जेन्टिनाले यी दुई खेलबाटै विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले उरुग्वेविरुद्ध अवे खेल खेल्दा ब्राजिललाई घरेलु मैदानमा स्वागत गर्नेछ ।

अर्जेन्टिना १० टिम सम्मिलित दक्षिण अमेरिकी छनोटमा समूहको शीर्ष स्थानमा छ ।  उरुग्वेभन्दा पाँच र ब्राजिलभन्दा सात अंकले अगाडि छ । शीर्ष ६ टोली सिधैँ २०२६ विश्वकपका लागि छनोट हुनेछन् । सातौं स्थानको टोलीले प्ले-अफ खेल्नुपर्ने हुन्छ ।

१२औँ चरणपछि मेस्सी ६ गोलसहित दक्षिण अमेरिकी छनोटको शीर्ष गोलकर्ताको सूचीमा पहिलो स्थानमा छन् । उनले अन्तर्राष्ट्रिय फुटबलमा १ सय ९१ खेलमा १ सय १२ गोल गरेका छन् । 

अर्जेन्टिनाले चोटका कारण रोमाका स्ट्राइकर पाउलो डिबाला र रिभर प्लेटका डिफेन्डर गोन्जालो मोन्टिएललाई पनि गुमाउने छ । अर्जेन्टिनाले उरुग्वेविरुद्ध मार्च २२ र ब्राजिलविरुद्ध मार्च २६ मा प्रतिस्पर्धा गर्दैछ ।



Enter Kantipur TV HD
Advertisement