विश्व-ज्योति काव्यसम्मान र पाण्डुलिपि पुरस्कार घोषणा

चैत्र ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
विश्व-ज्योति काव्यसम्मान र पाण्डुलिपि पुरस्कार घोषणा

काठमाडौं । 'एपेक नेपाल' द्वारा यसै वर्षदेखि स्थापना गरेको "विश्व-ज्योति काव्यसमान" पहिलो पटक कवि उषा शेरचनलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

वि. सं. २०१२ सालमा पोखरामा जन्मिनु भएकी कवि उषा शेरचनका कविता, मुक्तक र आख्यानका ६ वटा कृति तथा ५ वटा गीति एल्बम प्रकाशित भइसकेका छन् ।

 दर्जनौँ सम्मान र पुरस्कारले सम्मानित शेरचन समकालीन नेपाली काव्य-साहित्यमा युगचेतना, नारी समवेदना र प्रकृति प्रेमले वोतप्रोत काव्य सर्जकका रुपमा चिनिनु हुन्छ र विशेषत: उहाँ ३० को दशकदेखि लेखन प्रारम्भ गरेका कविहरूमा एक प्रसिद्ध र स्थापित कवि हुनुहुन्छ।

यसैगरी यसै वर्ष स्थापित अर्को पुरस्कार "विश्व-ज्योति पाण्डुलिपि पुरस्कार" युवा कवि हेमन्त शिशीरको पाण्डुलिपिलाई दिने निर्णय भएको छ । ४० वर्ष ननाँघेका र कुनै पनि कृति प्रकाशित नभएका युवालाई काव्य-क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले स्थापित गरिएको हो । 

यस पुरस्कारका लागि पाण्डुलिपि आह्वान गर्दा प्राप्त ४६ वटा पाण्डुलिपि मध्ये निर्णायक मण्डलले युवा कवि हेमन्त शिशीरलाई यस वर्षको "विश्व-ज्योति पाण्डुलिपि पुरस्कार" दिने निर्णय गरेको छ । 

हेमन्त शिशीरको कविता संग्रह "बन्द घरको झ्याल" यही चैत्र २५ गते भृकुटी मण्डपको पर्यटन बोर्डमा आयोजना गरिने एपेक नेपालको वार्षिकोत्सव समारोहमा लोकार्पण गरिने छ । 

"विश्व-ज्योति काव्यसमान"मा सम्मान पत्र सहित नगद ५१,००० रुपैया पनि रहेको छ । साथै उक्त समारोमा कविता मंचनको पनि कार्यक्रम रहेको जानकारी एपेक नेपालद्वारा आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement