म्याग्दी । जिल्लाकाे मंगला गाउँपालिका-४ च्यूरीबोटमा बोलेरो जीप दुर्घटनाग्रस्त हुँदा सवार नगेन्द्र रसाईलीको घट्नास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परि मालिकागाउँपालिका- ४ का ३१ वर्षिय नगेन्द्र रसाईलीको मृत्यु भएको हो । दुर्घटनामा परी जीप चालक सोही स्थानका शेरबहादुर विक, नगेन्द्र गोतामे, भीम प्रसाद गोतामे घाईते भएका छन ।
गम्भीर घाईते विकलाई थप उपचारकालागी पोखरा लगिएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी भरत श्रेष्ठका अनुसार वुधवार विहान ७ बजे मालिका गाउँपालिका- ४ ओखरबोटको सुङ्ग्रीपानीबाट च्यूरीबोट तर्फ जाँदै गरेको ग १ ज ५६१२ नम्बरको बोलेरो जीप चालकले नियन्त्रण गुमाउँदा सडकदेखी ५० मीटर तल खसेको थियो ।