एक-अर्कालाई रङ दलेर भलिबल खेलाडीहरुले मनाए होली

फाल्गुन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
एक-अर्कालाई रङ दलेर भलिबल खेलाडीहरुले मनाए होली

ललितपुर । खेलाडीहरुले रङहरुको पर्व होली एक आपसमा रङ दलेर र खुशी साटासाट गरेर मनाएका छन् ।

आज ललितपुरस्थित सातदाबोटास्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा भलिबल खेलाडीहरुले एक अर्कालाई रङ दलेर र खुशी साटासाट गरेर होली मनाएका हुन् ।

राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी खेलाडी, प्रशिक्षक, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसमेत आयोजित होली कार्यक्रममा सहभागी हुनुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement