काठमाडौं । थ्री स्टार क्बल विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा गएराती भएको सेमीफाइनलमा थ्री स्टारले, विभागीय टिम त्रिभुवन आर्मी क्लबमाथि तीन दुई गोलको रोमान्चक जीत हात पारेको हो ।
थ्री स्टारले खेल सुरु भएको पहिलो मिनेटमानै प्रशान्त लिम्बुको गोल मार्फत अग्रता लिएको थियो । उनका लागि दिपेश घलेले सुन्दर पास निकालेका थिए । २८औं मिनेटमा दिपेश आफैले गोल गर्दै अग्रता दोब्बर पोर । उनका लागि आशिष चापागाईले सहयोग गरेका हुन् ।
पहिलो हाफमा थ्री स्टार दुइ शुन्यले अघि रहन सफल भयो । ८१औं मिनेटमा नविन लामाको गोलपछि तीन शुन्यले पछि परेको आर्मीले पुनरागमन गर्दै थ्री स्टारलाई दवाव दिएपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन् ।
८३औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरेसंगै खेल ३-१ मा पुग्यो । इन्जुरी सिमयमा निरज चौधरीले पेनाल्टिमा गोल गरेपनि जीतका लागि भने पर्याप्त भएन् ।
निशान्त राइमाथि डि बक्स भित्र फाउल भएपछि आर्मीले पेनाल्टि पाएको थियो । दोस्रो सेमीफाइनलमा आज नेपाल पुलिस क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ ।