स्पेनिस ला लिगामा रोयो भालेकोनोमाथि रियाल मड्रिडकाे जित

फाल्गुन २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्पेनिस ला लिगामा रोयो भालेकोनोमाथि रियाल मड्रिडकाे जित

काठमाडौै । रियाल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सीलोनासँग अंक बराबरी गरेको छ ।

सान्टियागो बर्नाबेउमा गएराती भएको खेलमा रियालले रोयो भालेकोनो माथि २-१ गोलको जित हात पारेको हो । तीनै गोल खेलको पहिलो हाफमा भएका हुन् । ३०औं मिनेटमा फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पेले गोल गरेपछि रियालले एक शुन्यको अग्रता लिएको थियो । जारी सिजन एम्बाप्पेको यो १८ औं ला लिगा गोल हो ।

चार मिनेटको अन्तरमा रियालले अग्राा दोब्बर बनायो । ३४औं मिनेटमा लुका मोड्रिचको, असिस्टमा भिनिसियस जुनियरले गोल गरेका थिए । इन्जुरी समयमा रायो भालेकानोका पेड्रो डियाजले गोल गर्दै रियाल संगको दुरी कम गरेका थिए । तर दोस्रो हाफमा रियालले गोल नथपेपनि डिफेन्ड गर्न सफल भयो । यसै खेलमार्फत जुड बेलिङगम पनि मैदान फर्किए ।

उनीमाथि दुई खेलको प्रतिबन्ध लागेको थियो । दोस्रो स्थानमा रहेको रियालको २७ खेलबाट ५७ अंक छ । शीर्ष स्थानमा यथावत बार्सीलोनाको पनि ५७ अंकनै छ । तर उसले एक खेल कम खेलेको छ । तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिड भने गेटाफे संग पराजित भयो । गेटाफेले २-१ गोलको जीत हात पारेको हो । एट्लेटिकको ५६ अंक छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement