युएफा च्याम्पियन्स लिगः रियाल मड्रिडले एट्लेटिकोलाई हरायो

फाल्गुन २१, २०८१ |खेल ब्युरो
युएफा च्याम्पियन्स लिगः रियाल मड्रिडले एट्लेटिकोलाई हरायो

काठमाडौं । साविक विजेता रियाल मड्रिडले, युएफा च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा शहरी प्रतिद्धन्दी एट्लेटिकोलाई २-१ गोलले पराजित गरेको छ ।

सान्टियागो बर्नाबेउमा गएराति भएको मड्रिड डर्बीमा रियालले चौथो मिनेटमानै अग्रता लिएको थियो । रोद्रिगोले , फेडेरिको भाल्भर्डेको उत्कृष्ट पासमा गोल गरेका हुन् । एट्लेटिको पनि पहिलो हाफमानै खेलमा फर्कियो । ३२ औं मिनेटमा र्फममा रहेका युलियन अल्भारेजले गोल गर्दै खेल बराबरी गरेका हुन् ।

अल्भारेजका लागि हाभी गालानले असिस्ट गरेका थिए । अर्जेन्टाइन स्ट्राइकरको, जारी सिजनको च्याम्पियन्स लिगमा नौ खेलमा यो सातौं गोल हो । तर ५५ औं मिनेटमा ब्रहिम डियाजले सानदार गोल गर्दै रियाललाई जित दिलाएका हुन् । जुड बेलिङगमको स्थानमा मौका पाएका डियाजले आफ्नो प्रभाव जमाए । बाँकी समयमा डिएगो सिमोयानीको टिमले पुनरागमन गर्न सकेन् ।

रियालका किलियन एम्बाप्पे र भिनिसियस जुनियरले पाएका केही अवसरको सदुपयोग गर्न सकेनन् । दोस्रो लेग एट्लेटिकोको मैदानमा १२ मार्चमा हुनेछ ।

च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा आर्सनलले भने नेदरल्यान्डसको पिएसभी माथि सात एक गोलको फराकिलो जीत हात पारेको छ । यो सँगै आर्सनल क्वाटरफाइनल नजिक पुगेको छ ।



Enter Kantipur TV HD
Advertisement