कान्तिपुर समाचार, २१ फागुन २०८१

फाल्गुन २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २१ फागुन २०८१

आजका मुख्य समाचार,

* मानव तस्करलाई ८० लाखसम्म बुझाएर अवैध रुपमा अमेरिका पुगेकालाई धमाधम फर्काउन थालेपछि आफन्त चिन्तित / विमान चार्टड गरी अमेरिकाले आज ९ जनालाई फर्कायो ।

* सरकारले ल्याएका ५ अध्यादेश प्रतिनिधिसभाबाट बहुमतले पारित / संसदलाई उपेक्षा गरेर ल्याइएका अध्यादेशको औचित्य पुष्टि नहुने विपक्षीको आरोप ।

* नयाँ बजेटको गृहकार्य भइरहँदा दातृ निकायबाट धमाधम अनुदान कटौती / बजेटको आकार १९ खर्बभन्दा कम गर्न विज्ञको सुझाव । BITE

* ट्रम्प र जेलेन्स्कीबीच सम्बन्ध सुधारको संकेत / रुस–युक्रेन शान्ति वार्ताको सम्भावना बढ्यो / ट्रम्पलाई भेट्न जेलेन्स्कीसँगै बेलायत र फ्रान्सका नेता वासिङ्टन जाने ।

* युगान्डामा हुने वुमन्स डे कप टी-ट्वेन्टी आई क्रिकेटका लागि नेपाली टोली तयार / सन्तुलित टिमले उत्कृष्ट नतिजा हात पार्ने विश्वास / पहिलो खेल शनिबार नामिवियासँग ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement