मोरङ । मोरङ एफसी विराट गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ । मोरङले भारतको सर्थन समिति एफसीलाई ३-२ गोलले पराजित गरेको हो ।
विरानगरको सहिद रंगशालामा गए राति भएको उद्घाटन खेलमा मोरङले खेलको ११औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि अभिषेक गुरुङले गोल गरेका हुन् ।
१४औं मिनेटमै सर्थन समितिका सुदिप्त हाल्देनले फ्रिकिक मार्फत गोल गर्दै खेल बराबरी गरे । ३४औं मिनेटमा सर्थनले अग्रता लियो । यो पटक अमिनेषले गोल गरे ।
मोरङले २-१ ले पछि परेको स्थतिबाट उत्कृष्ट पुनरागमन गर्यो । ४६औं मिनेटमा दोर्जे तामाङले पेनाल्टीमा गोल गरेपछि खेल २-२ को रोमाञ्चक मोडमा पुगेको थियो ।
८९औं मिनेटमा मौसम लिम्बूले गोल गरेपछि मोरङले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । प्रतियोगितामा आज एपीएफ क्लब र भारतको सुदेभा दिल्ली फुटबल क्बलबीच खेल हुनेछ ।