स्पेनिस ला-लिगा : अलाभेसमाथि बार्सिलोनाको जित

माघ २१, २०८१ |खेल ब्युरो
स्पेनिस ला-लिगा : अलाभेसमाथि बार्सिलोनाको जित

काठमाडौं । अलाभेसलाई एक-शून्य गोलले पराजित गर्दै बार्सिलोनाले स्पेनिस लिग ला-लिगाको शीर्ष स्थानमा रहेको रियाल मड्रिडसँगको दुरी ४ अंकमा सीमित गरेको छ । यस्तै दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँगकोको दूरी ३ अंकमा झरेको छ । 

घरेलु मैदानमा बार्साको जितमा रोबर्ट लेवान्डोस्कीको गोल पर्याप्त बन्यो । हान्सी फ्लिकको टोलीले चौथो मिनेटमा गोल गर्ने राम्रो अवसर गुमायो । राफिन्हाको प्रहार लक्ष्यमा रहन सकेन । पहिलो हाफमा गावी र टोमस कोनेचनीको टाउको ठोकिदाँ दुवै खेलाडीले मैदान छाड्नुपर्‍यो ।

यमालको प्रहार अलाभेसका किपर ओवोनोले पञ्च गर्दै क्रसबारमाथिबाट बाहिर पठाए । तर, ६१औँ मिनेटमा यमालको डिफ्लेक्टेड क्रसमा लेवान्डोस्कीकले गोल गर्दै बार्सालाई अग्रता दिलाए । पोल्याण्डका खेलाडीका लागि यो ९०औँ ला लिगा खेलमा ६०औँ गोल हो । स्पेनिस शीर्ष लिगमा ९० खेलपछि सर्वाधिक छिटो ६० गोल पूरा गर्ने लेवान्डोस्की तेस्रो खेलाडी बनेका छन् ।

जितसँगै बार्सिलोनाले २२ खेलमा १४ जितसहित ४५ अंक जोडेको छ । लिग लिडर रियाल मड्रिडको समान खेलमा ४९ अंक छ भने दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ४५ अंक छ । पराजित अलाभेस रेलिगेसन जोनमा छ । २२ खेलमा २१ अंक जोडेको अलाभेस पुछारबाट तेस्रो स्थानमा छ ।