काठमाडौं । महिला टी-ट्वेन्टी त्रिकोणात्मक सिरिजको लागि इन्दु बर्माको कप्तानीमा नेपालको टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले अन्डर नाइन्टिन कप्तान पूजा महतोलाई समेट्दै आज टिम सार्वजनिक गरेको हो ।
नेपाली टिममा रुविना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, रेवती धामी, कविता कुँवर रहेका छन् । त्यसैगरी प्रधानमन्त्री कपमा उत्कृष्ट ब्याटर बनेकी ममता चौधरी र उत्कृष्ट बलर मनीषा उपाध्याय टिममा छन् । टिमका बाँकी खेलाडीहरूमा राजमती ऐरी, कविता जोशी, रोमा थापा र ईश्वरी विष्ट रहेका छन् ।
मलेसियामा आयोजना भएको आईसीसी टी-ट्वेन्टी विश्वकप खेलेका दुई खेलाडी सिनियर टिममा परेका छन् । अन्डर नाइन्टिन टिमकी कप्तान पूजा महतो र विकेटकिपर ब्याटर एलिसा यादव सिनियर टिममा अटाएका हुन् । धगनढीमा शनिबार सम्पन्न भएको प्रधनमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदर्शनबाट खेलाडीको छनोट गरिएको हो । सो प्रतियोगिता एपीएफले जितेको थियो ।
राष्ट्रिय टिममा विभागीय टोली एपीएफका ६ खेलाडी रहेका छन् । यही माघ १७ गतेबाट त्रिवि क्रिकेट मैदानमा महिला टी-ट्वेन्टी त्रिकोणात्मक शृंखला आयोजना हुँदैछ। यो सिरिजनमा नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग खेल्नेछ ।