एसीसी पुरुष यू-१९ एसिया कप : श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

मंसिर १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसीसी पुरुष यू-१९ एसिया कप : श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

काठमाडौं । नेपालले एसीसी यू-१९ पुरुष एसिया कपको पहिलो खेलमा जितका लागि एक सय ३४ रनको लक्ष्य पाएको छ। यूएईको शारजाह क्रिकेट रंगशालामा जारी खेलमा श्रीलंकाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर एक सय ३३ बनाएपछि नेपालले एक सय ३४ रनको लक्ष्य पाएको हो।

श्रीलंकाले ९ रनमा नै पहिलो विकेट गुमाएको थियो । २ रन बनाएका पुलिन्दु परेरालाई हेमन्त धामीले आउट गरे । २४ रन बनाएका दुनिथ सिगेरा २४ रनमा मैदानबाट बाहिरिए । 

यस्तै १२ ‌औं ओभरमा दुलनीथ सिगेरा नरेश साउदको बलमा आउट भए । तर तेस्रो नम्बरका शरुजन सन्मुगनाथनले ३१ बलमा चार चौकाका साथ ६२ रन बनाएर श्रीलंकाको इनिङ उकासेका थिए । त्यसैगरी विमाथ दिनसाराले २४ र कविजा गमागेले ३७ रन बनाए भने लाकविन अबेसिङ्गेले ५० रनको योगदान गरेका थिए ।

नेपालका लागि सन्तोष यादवले चार विकेट आफ्नो नाममा गरे। यादवले १० ओभर बलिङ गरेर ४५ रन खर्च गर्दै चार विकेट लिएका हुन्। युवराज खत्रीले दुई विकेट लिँदा हेमन्त र नरेन साउदले एक-एक विकेट बाँडे। 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement