इटाली डेभिस कपको फाइनलमा

मंसिर ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
इटाली डेभिस कपको फाइनलमा

काठमाडौं । विश्व नम्बर वान यान्निक सिनरले इटालीलाई डेभिस कपको सेमिफाइनलमा पुर्‍याएका छन् । टेनिसको विश्वकप मानिने डेभिस कप अन्तर्गत गएराति भएको खेलमा इटाली अर्जेन्टिनासँग २-१ ले विजयी भएको थियो ।

एक सेटले पछि परेको अवस्थाबाट सिनरले आफ्नो देशलाई विजयी गराए । अब उनले सेमिफाइनलमा अष्ट्रेलियासँगको भेट पक्का गरेका छन् ।

फ्रन्सिस्को सेरुन्डोलोको टोली अर्जेन्टिना भने यो पराजयसँगै बाहिरिएको छ । अन्तिमको डबल मेन्सतर्फको खेलमा सिनरले माते बारेटीसँग मिलेर म्याक्सिमो गोन्जालेज र अन्द्रेस मोल्टेनीलाई ६-४, ७-५ ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।

तर त्यसअघि भएको खेलमा लोरेन्जो मुसेटी अर्जेन्टिनाका सेबास्टियन बाजसँग सोझो सेटमा पराजित भएपछि इटालीको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको थियो । तर अन्तिममा सिनरको जोडीले जित दिलाएपछि स्पेनमा भइरहेको प्रतियोगितामा इटाली अन्तिम चारमा पुगेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.